Friday, 29th September, 2023
वि.स.
Kar-Uthaune-Bolpatra-1692338855.jpg

कुलेखानी संरक्षण गर्न सांसद बर्ताैलाकाे सरकारलाई ध्यानाकर्षण

IMG_20230904_175445-1693829969.jpg

नेकपा एमालेका सचेतक एवम् सांसद महेश बर्तौलाले इन्द्रसरोवर तालको सरसफाई तथा संरक्षण गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

बर्ताैलाले ईन्द्रसरोवर तालबाट १०४ मेघावाट विजुली उत्पादन हुने वताउदै तालको संरक्षण गर्न नसके निकट भविष्यमा नै आयाेजना खतरामा पर्न सक्ने उल्लेख गरेका छन् ।

१८ भदाैमा बसेको प्रतिनिधिसभाको बैठकमा सांसद बर्तौलाले तालमा ८५ लाख घनमिटर पानी अटाउने क्षमता रहेको उल्लेख गर्दै अहिले तालमा ६२ लाख घनमिटर पानी रहेको र बाँकी करिव २३ लाख घनमिटरमा हिलोमाटो, बगर थुप्रिएको बताए ।

उनले तालको सरसफाई तथा संरक्षण गर्न सरकारलाई ध्यानाकर्षण गराए ।









bigyapan-khanepni-1691850-1692096520.jpg
shambhu-1691912419-1692096666.jpg
JAI-GHAS-TENDER-1692612347.jpg