Saturday, 2nd May, 2026
वि.स.
Thaha-002-1774415222.gif

कुलेखानीमा गत वर्षभन्दा बढी पानी , कति बढ्याे ?

कुलेखानी जलाशयमा पानीको सतह अहिले १५ सय २४ मिटरमा छ । गत वर्ष एक मिटर तलै थियो ।

पानीको सञ्चिति बढ्नुको कारण हो, अहिलेसम्म कुलेखानी आयोजनाको प्रयोग गर्न आवश्यक नपर्नु हो ।

उक्त आयोजना सुख्खायाममा लागि ‘ब्याक अप’का रुपमा राखिने गरेको छ । कुलेखानी प्रथमका प्रमुख रामकुमार यादवका अनुसार अहिले प्राधिकरणले विद्युत नपुग भएको अवस्थामा मात्रै उत्पादन गर्ने गरेको छ ।

कुलेखानी प्रथमका प्रमुख यादवका अनुसार त्यसयता उक्त आयोजना प्रयोगमा कमै आयो । ‘कहिलेकाहीं एकदेखि डेढ घण्टासम्म चलाउने गरेका छौं, पुसको अन्तिमदेखि मात्रै सञ्चालनमा ल्याउने गरिन्छ,’ उनले भने ।

‘गत वर्षको तुलनामा पानी अझ बढी छ । यसलाई अहिले सञ्चालन गर्नुपर्ने स्थिति छैन, त्यसैले बचाएर राखेका छौं,’ प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी भन्छन् ।

कुलेखानीको जलाशयबाट प्राधिकरणले ६० र त्यहाँबाट बाहिरिने पानीबाट ३२ मेगावाट मेगावाट उत्पादन गर्छ । विद्युतको उच्च माग हुने साँझ पाँचदेखि राति आठ बजेसम्म ती आयोजना सञ्चालन हुने गर्छन् ।

कुलेखानी दोस्रोबाट बाहिरिने पानीबाट पनि विद्युत उत्पादन गर्न कुलेखानी तेस्रो निर्माणाधीन छ । ठेकेदार कम्पनीको बदमासीका कारण हालसम्म उक्त आयोजनाको निर्माण भने सम्पन्न हुन सकेको छैन ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०