Wednesday, 26th August, 2026
वि.स.

कुन उपसचिव कहाँ समायोजन ? आफ्नो पत्र आफैले प्रिन्ट गर्न सकिने

सरकारले समायोजनमा जाने उपसचिवहरूलाई आफ्नो समायोजन पत्र आफैले प्रिन्ट गर्न सक्ने व्यवस्था मिलाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार माघ २० गते आइतबारदेखि सबै सेवारसमूहका उपसचिवहरूले अनलाइनबाट आफ्नो समायोजन पत्र आफै प्रिन्ट गर्न सक्नेछन् ।

‘सबै तहका उपसचिवहरूले आफ्नो समायोजन पत्र आफै प्रिन्ट गर्न सक्नेछन्,’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव तथा प्रवक्त्ता सुरेश अधिकारीले भने, ‘यसअघि अनलाइन रजिष्टेसन फारम भर्दा प्रयोग गरेको पासवर्ड प्रयोग गरेर अनलाइनबाटै आफ्नो पत्र निकाल्न सक्नेछन्’

उनले मन्त्रालयबाट समायोजन पत्र दिई रहन नपर्ने गरी अनलाइन सिस्टमबाटै पत्र निकाल्न सक्ने व्यवस्था गरेर सहज बनाएको बताए । ‘आफ्नो पत्र आफैले प्रिन्ट गर्ने र जहाँ समायोजन हुन्छ त्यहाँ हाजिर हुन जाने’ प्रवक्त्ता अधिकारीले भने ।

उपसचिवदेखि कार्यालय सहयोगीसम्म गरी ७० हजार बढी कर्मचारी रहेकोमा उपसचिवको सङ्ख्या दुई हजार बढी रहेको छ । संघीयतामा कर्मचारी व्यवस्थापनका क्रममा सचिवलाई समायोजनको पत्र दिई सकिएको छ भने सहसचिवको छलफलका क्रममा छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif