Tuesday, 1st September, 2026
वि.स.

कांग्रेसद्वारा प्रदेश ३ को राजधानी माग्दै सभा अवरुद्ध

प्रदेश नम्बर ३ को स्थायी राजधानीको तत्काल माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रदेश सभाको चौथो अधिवेशनको पहिलो बैठक अवरुद्ध गरेको छ। प्रदेश सभामा धेरै सांसदहरुले पटक–पटक माग गरेपनि राजधानीसम्बन्धी बिषयलाई उपेक्षा गरिएको भन्दै कांग्रेसले बैठक नै अवरुद्ध गरेको हो।

बैठकमा प्रत्येक दलका प्रमुखहरुले सोमबारबाट शुरु भएको प्रदेशको वर्षे अधिवेशनको सफलताको शुभकामना मन्तव्य दिएलगत्तै कांग्रेसको अवरोधका कारण बैठक स्थागित गरिएको छ। मुख्यमन्त्री डोरमणि पौडेलले हिउँदे अधिवेशनमै स्थायी राजधानीको टुङ्गो लगाउने प्रतिबद्धता जनाएपनि कार्यान्वयन नगरेको भन्दै सांसदहरुले आक्रोश व्यक्त गर्दै आएका छन्। प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले पेश गरेको प्रतिवदेश कार्यसुचीमा समेत नल्याईएको भन्दै प्रमुख प्रतिपक्षी दल आक्रामक ढंगले प्रस्तुत भएको हो। नेपाली कांग्रेसले संसद अवरुद्ध गरेपछि मंगलबार ४ बजेसम्मका लागि संसद स्थगित गरिएको सभामुख सानुकुमार श्रेष्ठले बताए।

नेपाली कांग्रेसका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले सरकार र सभामुखले राजधानीबारे प्रतिबद्धता जनाएपनि कार्यान्वयन नगरेकाले बाध्यताले बैठक अवरुद्ध गरेको बताए। सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले कांग्रेसले प्रदेश सभा अवरुद्ध गरेर द्वन्द बढाउन खोजेको आरोप लगाए।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif