nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

कहाँ कहाँ संचालन हुँदैछन् दशैं तिहार केन्द्रित सुपथ मूल्य पसल 

मुलुकमा दशैं तिहारका लागि आपूर्ति मन्त्रालयको पहलमा देशभरी सुपथ मूल्य पसल सञ्चालनमा आउने भएका छन् । नेपाल साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले काठमाडौं उपत्यकाका १३ र देशका अन्य २३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो । यहि १ असोजदेखि २२ कात्तिकसम्म सुपथ मूल्य पसलमा छुटमा ७८ प्रकारका खाद्यबस्तु बिक्री गरिने आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्दराम रेग्मीले जानकारी दिए । सुपथ मूल्य पसलमा प्रतिकेजी चिनीमा रु.५ र नूनमा रु.२ छुट दिइने छ भने खानेतेल रु.१०७ प्रतिलिटिरमा बिक्री गरिने जनाएको छ । यस्तो पसल मकवानपुरको हेटौंडामा पनि संचालन हुनेछ । 
काठमाडौं उपत्यकामा सुपथ मूल्य पसल सञ्चालन हुने स्थानहरुः 
► रामशाहपथ (सिंहदरबार)
► थापाथली
► नख्खु
►जावलाखेल
►बल्खु
► टेकु
► जडीबुछी (कोटेश्वर)
► सूर्य्विनायक (भक्तपुर)
►बुढानीलकण्ठ (नारायणस्थान)
► बौद्ध
► सतुङ्गल
►नयाँ बानेश्वर
►कालीमाटी (साल्ट टे«डिङ कर्पोरेसन लि. परिसर)
उपत्यका बाहिर सुपथ मूल्य पसल सञ्चालन हुने स्थानहरुः 
► हेटौंडा (मकवानपुर)►बनेपा (काभ्रेप्लान्चोक)
► बिर्तामोड (झापा)
► विराटनगर (मोरङ)
►राजविराज (सुनसरी)
►लाहान (सिराहा)
►जनकपुर (धनुषा)
► वीरगञ्ज (पर्सा)
►नारायणगढ (चितवन)
► पोखरा (कास्की)
► बाग्लुङ
► भैरहवा (रुपन्देही)
► टीकापुर (कैलाली)
► कृष्णनगर (कपिलवस्तु)
► दाङ
► सुर्खेत
► नेपालगञ्ज (बाँके)
► धनगढी (कैलाली)
► महेन्द्रनगर (कञ्चनपुर)
►  दिपायल (डोटी)
► डडेल्धुरा
► बेलौरी (कञ्चनपुर)
► त्रिशुली (नुवाकोट)