nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

कसले रोक्यो पृथ्वी जयन्तीको विदा ?

DiploNepalLSMod-1484124331.png

काठमाडौं, सांसदहरुले संसदको शुन्य समयमा वोल्दै पृथ्वी जयन्ती मनाउन पुस २७ अर्थात आज विदाका लागि सरकारसंग माग गरे ।

सत्तापक्षका काँग्रेस सांसदहरु पृथ्वी जयन्तीका लागि सकरात्मक थिए,प्रतिपक्षबाट एमाले सांसदले संसदमै पृथ्वी नारायण शाह राजा मात्र नभई आधुनिक नेपालका निर्मार्ता भएकाले उनको जन्म जयन्तीमा विदा दिन सरकारसंग औपचारिक माग गरे ।

प्रधानमन्त्री स्वयंले पुस २६ गते चितवनको एक कार्यक्रममा वोल्दै पृथ्वी नारायण शाहको प्रसंशा समेत गर्न भ्याए । उनले पृथ्वी जयन्तीमा सार्वजनिक विदाका लागि आफु सकरात्मक भएको तर सहमति हुन नसकेको भन्दै पन्छिने दाऊ रचे ।

सत्तारुढ र प्रतिपक्षि दुवै सहमत भएको र प्रधानमन्त्री सकरात्मक भएको अवस्थामा कसले रोक्न सक्छ सरकारले तय गर्ने सार्वजनिक विदा ? भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदा सार्वजनिक विदा दिन कसैको सहमति नचाहिने अहिले पृथ्वी जयन्तीमा विदा दिन सहमतिको कुरा गरेर पन्छिन कसरी मिल्छ ?

यदि नैतिकता वन्दकीमा छैन भने त्यसो हुन सक्दैन । अब प्रश्न उठ्छ यो देशमा सार्वजनिक विदा दिन कुन देशको सहमति लिनुपर्ने हो ? के यो वीचमा नेपाल आएका भारतीय गुप्तचर सँस्था रअ का नेपाल हेर्ने पूर्व प्रमुख आलोक जोशिले सहमति दिएनन् ? वा युरोपियन युनियनको दबावमा पृथ्वी जयन्ती मनाउन सकिएन ?

नेपाल एकिकरणमा पृथ्वी नारायण शाहले वर्वर दमन गरे भन्ने आरोपको पछि कुद्नेहरु पनि धेरै छन् । युद्धमा अंकमाल गरेर विजयी हासिल गरेको इतिहास संसारमा अहिलेसम्म कतै देखिएको छैन । मानव जातिको इतिहासमा जति लडाइहरु भए ति सबै रक्तरञ्जित इतिहासबाट गुज्रिएकै छन् ।

भिमसेन थापाको फ्रेन्च मोडेलको दरबार नजिकै झो छे मा रहेका एकजना रघुराज भण्डारीले भने राष्ट्र निर्माणका लागि पृथ्वी नारायणको योगदानको कदर गरिनुपर्छ । पृथ्वी नारायणशाहले काठमाडौंका नेवारका यति धार्नी नाक काटे, उती धार्नि नाक काटे भनिन्छ । पहिलो कुरा युद्धमा यति काट्ने यति नकाट्ने भन्ने हुँदैन ।

दोस्रो कुरा सके हामी नेवारले काट्थ्यौं , उनले सके उनले काटे त्यो युद्धको स्वभाविक नियम हो । तेस्रो कुरा काटिएका नाक कानहरु कसैले धार्नीमा जोखेन, गोर्खा साम्राज्यसंग पराजयको बदला हजार बर्ष पछि पनि लिनुपर्छ भनेर ब्रिटीसहरुले पृथ्वी नारायण शाह विरुद्ध उपन्यास शैलिमा घृणाको काल्पनिक इतिहास लेखे र लाइव्रेरिमा राखे अहिले उनीहरुले त्यहि इतिहास यहाँका जनजातीहरुलाई पढाए त्यसैको परिणाम गौरवपूर्ण इतिहासलाई घृणामा वदल्ने कोशिस जारी छ ।

रघुराज राजभण्डारीले आफ्नो पुर्खाको बंशावली सवै अगाडी राख्दै भने पृथ्वी नारायण शाहले आक्रमण गर्दा बसन्तपुरमा मारिएका मेरा १२ पुस्ता अघिका वंशजहरु यी हुन हेर्नुस । उनले थपे पृथ्वीनारायण शाहको फौजसंग सवैभन्दा वढी लड्ने राजभण्डारीहरु हुन हामीसंग इतिहास छ । लडाइमा मेरा वंशजहरु वोका काटिए झै काटिएर सोत्तर भएका छन् ।

तर नेपाल एकिकरण पछि हेर्नुस यहि वंशावलीमा छ, कुमाऊ र डोटीका गौंडाहरुमा राजभण्डारीहरु हाकिम थिए, सेनाको प्रमुख कमाण्डर भएर युद्ध पनि लडे त्यसलाई त्यहि रुपमा लिनुपर्छ । जसको पुर्खाहरु पृथ्वीनारायण संगको लडाइमा सामेल नै थिएन आज उनीहरु आफ्नो निर्दोष वावुलाई कुनै गुण्डाले मध्यरातमा नृसंस हत्या गरे झैं गर्छन यो वेठिक हो ।

एकिकरणका लागि बाइसे, चौविसे राज्यहरु ध्वस्त गरि नयाँ नेपाल बनाउनुपथ्र्यो त्यो पृथ्वीनारायणले बनाए उनलाई एकताको प्रतिक मान्नुपर्छ । आज पृथ्वीनारायण शाह विरुद्ध खनिनेहरु नेपाल विलय भएको हेर्न चाहन्छन् त ?रघुराजको प्रश्न छ ।