Sunday, 16th August, 2026
वि.स.

एमाले थाहानगरको अगुवा कार्यकर्ता भेला

umlthaha-1667383706.jpg

नेपाल  कम्युनिस्ट पाटी एमाले थाहा नगरको अगुवा कार्यकर्ता भेला १६ कात्तिकमा जेसीज सभा हलमा सम्पन्न भएको  छ । कार्याक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलले आफ्नो घर जलाएर खरानी बनाएर फेरि तपाईं माझ भोट माग्न आउन हामीलाई भए लाज हुन्थ्यो भन्दै अहिलेसम्म यस भेगको परिवर्तन एमालेको कारण भएकोले यसैलाई मूल मुद्दा  बनाएर जनता माझ जान निर्देशन दिए ।

पौडेलले नेकपा एमालेको उमेदवारमा जनताले कुनै चोट देखाउन नसक्ने भएकोले निर्धक्क भएर नेकपा एमालेको चुनाव चिन्ह सूर्यमा भोट हाल्न अग्रह गरे । पौडेलले नेकपा एमालेसँग विकासको  स्पसष्ट खाका भएकोले गठबन्धन भन्नेहरु अहिले एमालेसँग डराएर एमालेका उमेदवारलाई नानाभाती गाली गर्दै हिँडेको टिप्पणी गरे ।

कार्यक्रममा क्षेत्र नम्बर–२ को (क) का उम्मेदवार बिष्णुप्रसाद ढकालले आफू बिद्यार्थी कालदेखि नेकपा एमालेको कमिटिमा लागेर काम गरेकोले सुखी नेपाली समृद्ध नेपालकी लागि आफू सङ्ग स्पष्ट खाका रहेकोले सबैले सूर्यमा मतदान गर्नुपर्ने बताए ।

एमालेसंग स्पष्ट भिजन र नेतृत्व गरेर काम गर्ने भएकाले पनि मतदान गरेर निर्वाचित गराउन आग्रह गरे । ढकालले आफूसँग चुनाव लडिरहेकी कुमारी मुक्तान यस क्षेत्रको नभई टुरिष्ट उमेदवार भएको र  उत्तरी मकवानपुरको विकास र परिवर्तनको लागि आफूले चुनाव जित्न आवश्यक रहेको बताए  पालुङको स्थानीय नागरिक पनि भएकाले जुनसुकै दलमा आवद्धहरुले पनि आफूलाई मतदान गर्नेमा उनले विश्वास व्यक्त गरे ।

जनताको भावना अनुसारनै कुनै काम गर्ने आश्वासन दिँदै आफूलाई मतदान गर्न आग्रह उनले आग्रह गरे । ढकालले आफू र संघीय उमेदवार महेस बर्तौला पनि यसै क्षेत्र र सक्षम युवा भएकोले दुवैले चुनाव जित्दा जनताको भावना अनुसार काम गर्न कुनै समस्या नहुने बताए । 

कार्यक्रममा एमाले मकवानपुरका उपसचिव तथा भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले निर्धक भएर सूर्य चुनाव चिन्हमा मतदान गर्न उपस्थित कार्यकर्तालाइ अनुरोध गरे  ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०