Monday, 24th August, 2026
वि.स.

एमसीसी खारेजको माग गर्दै बैद्धिक मञ्चको हेटौंडाको बुद्धचोकमा प्रदर्शन

MCC-1592929537.jpg

हेटौंडाको बुद्ध चौकमा एमसीसी सम्झौता खारेज गर्न माग गर्दै मौन विरोध प्रदर्शन भएको छ । बौद्धिक मञ्च मकवानपुरद्वारा विरोध कार्यक्रममा सहभागीहरुले “इण्डो–अमेरिकी गठबन्धन खारेज गर”, “एमसीसी जाल हो, नेपाल खाने चाल हो” जस्ता नारा लेखिएका प्लेकार्डहरु बोकेका थिए ।

मञ्चका अध्यक्ष विमल केशरी पौडेलको संयोजकत्वमा भएको मौन विरोध कार्यक्रममा कौशल पाण्डे, नवराज शर्मा, सुवास खनाल, पुरुषेत्तम आचार्य लगायतको सहभागिता रहेको थियो । पछिल्लो समय एमसीसी परियोजना सम्झौता सम्बन्धमा राजनैतिक दल सहित विभिन्न संघसंगठनहरुले देशकालागि राष्ट्रघाती हुने र विदेशी शक्तिको रणभूमि बनाउन सक्ने भन्दै विरोध, धर्ना गर्दै आएका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif