Friday, 26th June, 2026
वि.स.

एन एल जि साखा कार्यालय थाहानगरमा

nlg-1536744947.jpg

नेसनल लाइफ  एण्ड जनरल इन्स्योरेन्स कम्पनी एन एल जि काे कार्यालय नगर उप प्रमुख खड्ग गोपालीले उद्घाटन गर्नु भयो ।एन एल जिका छेत्रीय प्रमुख शैलेस राज रेग्मीको सभापतित्वमा भएको कार्यक्रममा सस्थाका हेटौंडा प्रबन्धक राजेस मोहन प्रधान ,थाहा नगर उद्योग बाणिज्य संघका बरिस्ठ उपाध्यक्ष पुर्सोत्तम ढकाल , पालुङ बहुउद्देश्यीय सहकारीका अध्यक्ष बिमल ढकाल , कुण्डल देबि सहकारीका ब्यबस्थापक राजन मिश्र , आग्राका रत्न गोले तामाङ, इप्रकाका धुर्ब शिलवाल लगाएत विभिन्न सहकारी तथा बित्तीय सस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य दिदै प्रमुख अतिथी गोपाली ले थाहा नगरमा निर्जिबन बिमा कम्पनी आएकोमा स्वागत गर्दै ब्याबसायीहरुलाई जोखिम न्यूनीकरणमा टेबा हुने बताउनु भयो । तेसै गरि कम्पनीको हेटौंडा प्रमुख राजेस मोहन प्रधानले अब थाहाका ब्याबसायीहरुलाइ बिमा गर्न हेटौंडा धाइरहन नपर्ने र बिमा दाबी छिटो र छरितो हुनेमा बिस्वस्थ रहन आग्रह गर्नु भयो.