Wednesday, 26th August, 2026
वि.स.

एकवर्षमा ३ कार्यविधि स्वीकृत

प्रदेश नम्बर ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले एक वर्षमा तीनवटा कार्यविधि स्वीकृत गरेको छ । 

मन्त्रालयले नदिजन्य पदार्थ संकलन तथा उपयोग कार्य्विधि (संसोधन समेत) तयार गरेको छ । यस्तै संयुक्त वजार अनुगमन निर्देशिका स्वीकृत गर्दै भिजिट २०२० संचालन कार्यविधि समेत स्वीकृत गरिएको  उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालका निजी सचिव नवराज पुणासैनीले जानकारी दिए । त्यस्तै आर्थिक वर्ष २०७५÷०७६ मा मन्त्रालयले सदनमा ३ वटा विधेयक पेश गरेको छ । 

मन्त्रालयले राष्ट्रिय वन विधेयक, प्रदेश औद्योगिक व्यावसाय विधेयक, प्रादेशिक व्यापार व्यावसाय विधेयक पेश गरेको हो । यसैगरी मन्त्रालयले प्रदेश व्यावसाय मञ्च गठन आदेश विधेकयको मस्यौदा तयारी गरेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif