Friday, 29th September, 2023
वि.स.
Kar-Uthaune-Bolpatra-1692338855.jpg

उदयपुरमा बस दुर्घटना पाँचको मृत्यु, २६ जना घाइते

Bus-1481274115.jpg

सिद्धिचरण लोकमार्गअन्तर्गत कटारी घुर्मी खण्ड उदयपुरको लेखानी– ५ स्थित भदौरेमा शुक्रबार बिहान बस दुर्घटना हुँदा ५ जनाभन्दा बढीको मृत्यु भएको छ। खोटाङमा रहेको हलेसी दर्शन गरेर फर्कदै गरेको बा ४ ख ३६२० नम्बरको बस बिहान साँढे ९ बजे दुर्घटना भएको हो।

दुर्घटनामा ५ जान भन्दा बढी दर्शनार्थीको मृत्यु भएको प्रारम्भिक जानकारी आएको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायव उपरीक्षक चिरन्जीवी कोइरालाले जानकारी दिए। प्रहरीका अनुसार सप्तरीको जनचेतना दलित संगम मघुपट्टी नामक गैरसकारी संस्थाले आफना सेवाग्राहीलाई हलेसी दर्शन गराउन लगेको बस दुर्घटनामा परेका हो। सप्तरीबाट हलेसी महादेवको दर्शन गर्न गएका दर्शनार्थीको टोली चढेको बस फर्कने क्रममा दुर्घटना भएको प्रहरी नायव उपरिक्षक कोइरालाले जनाए। बसमा ४१ भन्दा बढी दर्शनार्थीसहित चालकहरु रहेको बताइएको छ।

घटनाको जानकारी पाउन साथ प्रहरी उद्धारमा खटिएको छ। क्षतिको थप विवरण भने आउन बाँकी नै छ।



bigyapan-khanepni-1691850-1692096520.jpg
shambhu-1691912419-1692096666.jpg
JAI-GHAS-TENDER-1692612347.jpg