Wednesday, 26th August, 2026
वि.स.

ईबिडिङ सम्बन्धी तालिम सम्पन्न

निर्माण व्यवसायीहरुका लागि हेटौँडामा आयोजित ईबिडिङ सम्बन्धी दुई दिने तालिम २२ माघमा सम्पन्न भएको छ ।

निर्माण व्यवसायी संघ मकवानपुरको समन्वय, निर्माण व्यवसाय विकास कार्यान्वयन समितिको सहयोग र नेपाल निर्माण व्यवसायी महासंघको आयोजनामा तालिम भएको हो । तालिमको समापनमा निर्माण व्यवसायी महासंघ प्रदेश ३ का अध्यक्ष सुवित श्रेष्ठले सन् २०२० सम्ममा पेपरलेस ईबिडिङमा जाने तयारी भएकोले निर्माण व्यवसायीलाई प्रतिस्पर्धाका लागि ईबिडिङ आवश्यक भएको भन्दै महासंघले निर्माण व्यवसायीको दक्षता अभिवृद्धि गर्न सहयोग गर्ने बताए । 

तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै उनले निर्माणको काममा बोलपत्र भर्दा अरुको भर पर्नुभन्दा आफैले सिप सिकेर भर्नु उचित हुन्छ भने ।

निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष श्याम ढकालको अध्यक्षतामा भएको तालिमको समापनमा महासंघका केन्द्रीय सदस्य होमकुमार शर्माले स्वस्थ प्रतिस्पर्धा गर्न आग्रह गर्दै निर्माण व्यवसायमा प्रतिस्पर्धा बढ्दै गएकोले सिप र दक्षता आवश्यक पर्ने बताए ।  
तालिममा मकवानपुर र चितवनका गरी ५० जना निर्माण व्यवसायीको सहभागिता रहेको थियो ।


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif