Thursday, 3rd September, 2026
वि.स.

इन्द्र बानियाँ भए संसदीय दलको नेता

नेपाली कांग्रेस मकवानपुरका सभापति तथा प्रदेश सांसद इन्द्रबहादुर बानियाँ ३ नम्बर प्रदेश संसदीय दलको नेतामा चयन भएका छन् । काठमाडौंमा २५ माघमा बसेको बैठकले बानियाँलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरेको हो ।

संसदीय दलको नेता चयन भएपछि प्रतिक्रिया दिंदै बानियाँले नेपाली कांग्रेसलाई ३ नम्बर प्रदेशमा सशक्त पार्टीको रुपमा प्रदेश सभामा प्रस्तुत गर्ने बताए । बानियाँसंगै पूर्व केन्द्रीय सदस्य समेत रहेका प्रदेशसभा सदस्य डा। राजाराम कार्कीसहित ५ जनाले संसदीय दलको नेतामा आकांक्षा राखेका थिए ।

संददीय दलको नेता भएपछि अब उनी प्रदेशसभाको प्रमुख प्रतिपक्षी दलको नेता समेत हुनेछन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif