Thursday, 2nd July, 2026
वि.स.

इन्द्रसरोवर हुँदै काठमाडौ जाने विभिन्न सडकको स्थलगत अनुगमन 

इन्द्रसरोवर गाउँपालिकाको कुलेखानी, मार्खु र फाखेल हुँदै काठमाडौ जोडिएको विभिन्न सडकहरूको शनिबार स्थलगत अनुगमन गरिएको छ । कुलेखानी ( मार्खु, कुलेखानी( फाखेल(दोभान(चखेल देउराली(काठमाण्डौ र कुलेखानी(फाखेल (हुमाने(फर्पिङ सडकको स्थलगत अध्ययन तथा अनुगमन गरिएको हो ।
प्रदेश नं.३ का भौतिक तथा पूर्वाधार मन्त्री माननीय केशव स्थापित, प्रदेश सभा सदस्य माननीय मुनु सिग्देल, कुमारी मोक्तान, इन्द्रसरोवर गाउँपालिका प्रमुख जीवन लामा, उपप्रमुख उमा कुमारी लामा, सम्बन्धित मन्त्रालयका इन्जिनियरहरु, एस.एन.आर.टी.पी. का जिल्ला प्रमुख, वडा नं.५ का वडाअध्यक्ष धनराज महर्जन, वडा सदस्य,स्थानीय पत्रकार, समाजसेवी हरु लगायतको समुहले उक्त सडकलाई विकास गर्नका लागी अध्ययन अनुगमन गरेका हुन् । 

शनिबारको अध्ययन अनुगमनको प्रतिबेदनको आधारमा सडकलाई जतिसक्दो छिटो फराकिलो तथा कालोपत्रे गर्न आवश्यक प्रक्रिया सहित अघि बड्ने जनाइएको छ ।समय अभावका कारण कुलेखानी(सिस्नेरी सडक खण्डमा अनुगमन गर्न नभ्याईएको भए पनि अब केहि दिन भित्रै सोहि समुह मार्फत मदन भण्डारी मार्ग अर्थात कुलेखानी(सिस्नेरी(फर्पिङ सडकखण्ड पनि अनुगमन गर्ने र आवश्यकता अनुसारको प्रक्रिया अघि बढाउँन सम्बन्धित तहमा पहल गरिने इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाले बताए ।



https://www.thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।