Monday, 31st August, 2026
वि.स.

इन्द्रसरोवर गाउँपालिकाले ल्यायो–दीर्घरोगीको घरैमा निशुल्क उपचार योजना

58689442_427306951168470_-1566288815.jpg

इन्द्रसरोवर गाउँपालिकामा रहेका दीर्घरोगीहरुको लागि गाउँपालिकाले घरैमा उपचारको योजना ल्याएको छ । गाउँपालिका भित्र रहेका दीर्घरोगबाट पीडित नागरिकहरुको घरैमा पुगि निःशुल्क उपचार सेवा दिने तयारी गरिएको इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाले बताए । 


आर्थिक वर्ष २०७६÷७७ को बजेट मार्फत दीर्घरोगीको समस्यालाई ध्यानमा राखी योजना निर्मँण गरिएको हो । गाउँपालिका भित्र रहेको दीर्घरोगीहरुको पहिचान र रोगको प्रकृति विश्लेषणको काम थालिने भएको छ भने उपचारको लागि अहेवको भर्ना गर्ने तयारी गरिएको उनले बताए । उपचारको लागि गाउँपालिकाले पाटन अस्पताल संग समन्वय गरेको छ ।  क्यान्सर, मृगौला, मुटुरोग, एचआइभी जस्ता रोग लागेर घरैमा जीवन मरणको अवस्थामा बस्नुपर्ने बाध्याताबाट मुक्ति दिन गाउँपालिकाले सो कार्यक्रम ल्याएको उनको भनाइ छ । घरमा नै उपचार गर्न नसकिने बिरामीको लागि अन्यत्रै लगि उपचार गर्ने  योजना समेत रहेको उनले बताए ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०