Sunday, 30th August, 2026
वि.स.

इन्द्रसरोवरमा आरडिटीबाट कोरोना परिक्षण, आजको नतिजा सबै नेगेटिभ

Indra-1587055039.jpg

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा आजबाट र्‍यापिट डाइग्नोस्टिक टेष्ट (आरडिटी) विधिबाट कोरोनाको परिक्षण सुरु गरिएको छ । इन्द्रसरोवर गाउँपालिकाले हिजो चैत्र ३ गते नै स्वास्थ्य कार्यालय मकवानपुरबाट कोरोना भाइरस (कोभिड-१९) को र्‍यापिट डाइग्नोस्टिक टेष्ट (आरडिटी) गर्ने  सामग्री ल्याएको थियो । आज गाउँपालिकाको वडा नं.२ कुलेखानीमा बिदेशबाट आएका ४ जनाको आरडिटी टेष्ट सम्पन्न गरिएको गाउँपालिकाका अध्यक्ष जीवन लामाले जानकारी दिए ।

आज परिक्षण गरिएकाहरु ४ जनाकै नतिजा नेगेटिभ आएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । गाउँपालिकाले भोलि चैत्र ५ गते नै गाउँपालिका भित्र बिदेशबाट आएका सबैजनाको र्‍यापिट टेष्ट कार्य सम्पन्न गर्ने जनाएको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०