Sunday, 30th August, 2026
वि.स.

आज र भोलि ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ए खुवाइदै

vitamin-A-1594013630.jpg

कोरोना भाइरस रोग९कोभिड – १९० को जोखिमका कारण रोकिएको दोस्रो चरणको राष्ट्रिय भिटामिन ए कार्यक्रम आजदेखि दुई दिनसम्म सञ्चालन हुदैछ । आज र भोलि देशभर सञ्चालन हुने राष्ट्रिय भिटामिन कार्यक्रममा ८ देखि १९ महिनाका बालबालिकाहरूलाई भिटामिन ए क्याप्सुल र १ देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई जुकाको औषधि र ८ देखि २० महिनाका बालबालिकाहरुलाई बहुसुक्ष्म पोषक तत्व बालभिटा वितरण गरिने परिवार महाशाखा अन्तर्गत पोषण शाखा प्रमुख केदार पराजुलीले जानकारी दिए ।

उहाँले स्थानीय तहहरूमा कोरोना भाइरस संक्रमणको जोखिमबाट सुरक्षित रहने उपायहरु अवलम्बन गर्दै स्वास्थ्य केन्द्रहरुबाट भिटामिन ए कार्यक्रम सञ्चालन हुने बताए । उनका अनुसार देशभर करिब ५२ हजार स्वास्थ्यस्वमसेवीले भिटामिन ए कार्यक्रम सञ्चालन गर्नेछन् जसअनुसार एक स्वास्थ्य स्वयम्सेवीले एक बुथ सञ्चालन गर्नेछन् । अहिलेको विषम परिस्थितिमा भिटामिन ए कार्यक्रम छुटाउनै नहुने भन्दै उनले मास्क लगाई, सामाजिक दुरी कायम राखी नजिकैका स्वास्थ्य केन्द्र तथा यसअघि कार्तिकमा सञ्चालन भएका बुथहरुमा गएर आफ्ना बालबालिकालाई भिटामिन ए, जुकाको औषधि खुवाउन तथा बालभिटा लिन अभिभावकहरुलाई आग्रह गरे ।

वर्तमान अवस्थामा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउन आवश्यक छ त्यसैले यस भिटामिन ए कार्यक्रममा एक जना बालबालिका पनि छुट्न नहुने पराजुलीले बताए । ५ वर्ष मुनिका २७ लाख बालबालिकालाई भिटामिन ए खुवाइने लक्ष्य रहेको पोषण महाशाखाले जनाएको छ । बालबालिकाहरुमा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यून गर्न नेपालमा राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन हुदै आएको छ । दोस्रो चरणको भिटामिन ए कार्यक्रम बैशाख ६ र ७ गते रहेकोमा कोरोना नियन्त्रणका लागि लगाइएको लकडाउनका कारण स्थगित भएको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०