nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

आजको मौसम पूर्वानुमान : चट्याङसहित भारी वर्षाको सम्भावना

60c555b87145d_1589345610r-1623895705.jpg

मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै भागमा चट्याङ्ग सहित​ भारी वर्षाको सम्भावना रहेको जनाएको छ । 

बिहीबारको मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले देशभर मनसुनी वायुको प्रभाव रहेकोले धेरै स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेको हो । 

आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरुमा वर्षा भईरहेको महाशाखाले जनाएको छ । 
 
यसैगरी, बिहीबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने र देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने सम्भावना रहेको छ। 

यस्तै, सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशका र प्रदेश १ का एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ ।

त्यसैगरी, राति पनि देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदुर पश्चिम प्रदेश, वागमती प्रदेश र प्रदेश १ को  एक/दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ ।