Saturday, 22nd August, 2026
वि.स.

हेटौंडा–काठमाडौं अब ५५ किलोमिटरमात्र

 

प्रदेशको राजधानी हेटौंडाबाट काठमाडौं जोडिने कम दुरीको मार्गअन्तर्गत् भैंसेदेखि भीमफेदीसम्मको ११ किमि सडक दुई लेनको बनाउने कार्य जारी छ ।

भीमफेदीदेखि कुलेखानी हेबीसम्मको जटिल १६ किमि बाटोलाई ३.२१ किमि सुरुङ निर्माण गरी सहज बाटो बनाएर बाटोको दुरी कम गर्ने, कुलेखानी हेबीदेखि सिस्नेरीसम्मको ६ किमि बाटो निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । भीमफेदी कुलेखानी सुरुङ निर्माणपछि फाष्टट्याकको कोगटे दोभान खण्डमा सडक जोडि“दा हेटौडाबाट काठमाडांै ५५ किलोमिटरमात्र हुनेछ ।

छोटो दुरीको मार्गलाई अझै छाटो वनाउने विषयमा हिजो बागमती प्रदेश सरकार र स्थानीय सरकारका प्रतिनिधिहरुले अनुगमन समेत गरेका हुन् । सडकलाई अझै छोटो वनाउने विषयमा छलफल समेत भएको छ ।

बागमती प्रदेशका मुख्यमत्री डोरमणि पौडेल, पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाल, योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज क“डेल, प्रधानमन्त्रीका पूर्वाधारविज्ञ सल्लाहकार गजेन्द्र थपलिया, प्रदेश नीति तथा योजना आयोगका सदस्य श्याम बस्नेत, पूर्वाधार विकास मन्त्रालयका सचिवलगायत प्राविधिक टोली, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जिवन लामा, नेपाली सेनाका प्राविधिक समूहले शनिबार स्थलगत अनुगमन गरेको छ । अध्ययनलाई तत्काल अगाडि बढाएर सोहीअनुसार डिजाइन गरी कार्य अगाडि बढाउन मुख्यमन्त्री पौडेलले निर्देशन दिएका छन् ।

 

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif