Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

अब कार्यालय समयमा कर्मचारीले बाहिर निस्कन नपाउने

सरकार कार्यसम्पादन सम्झौतामार्फत कार्यालय समयमा कार्यालयबाट बाहिर निस्किन कडाइ गरेको छ। कार्यालय समयमा कर्मचारी नभेटिँदा सेवाग्राही मर्कामा परेको र चाँडै हुने काम गर्न दुईरतीन दिन लाग्ने गरेको गुनासो आएपछि सरकारले त्यसमा कडाइ गरेको हो।

कार्यालय समयमा कर्मचारी बाहिर निस्किँदा प्रत्येक महाशाखा र विभागमा अनिवार्य लगबुक भर्ने र भराउने व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ। यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।