Wednesday, 26th August, 2026
वि.स.

अपाङ्गता भएकालाई छुट दिन यातायात व्यवसायी प्रतिबद्ध

शारिरीक रुपमा अपाङ्गता भएकालाई भाडाका सवारी साधनमा सुविधा दिन यातायात व्यवसायीहरुले प्रतिवद्धता जनाएका छन् । राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश नम्बर ३ ले १४ फागुनमा हेटौंडामा आयोजना गरेको अपाङ्गता भएकालाई यातायात सुविधा सम्बन्धी अन्तरक्रियामा उनीहरुले प्रतिवद्धता जनाएका हुन् ।

अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन २०७४ अनुसार अपाङ्गता भएकालाई सार्वजनिक सवारी साधनमा भाडामा ५० प्रतिशत छुट र कम्तीमा दुई सिट छुट्याउनुपर्ने लगायतको व्यवस्था छ । राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश नम्बर ३, हेटौंडाकी कार्यक्रम अधिकृत रञ्जु राईले कार्यपत्र प्रस्तुत गर्दै अपाङ्गताको परिभाषा, प्रकार, अपाङ्गता भएका व्यक्तिको अधिकार र कानूनी व्यवस्थाबारे जानकारी दिईन् ।

जिल्ला प्रहरी कार्यालय प्रमुख एवम् प्रहरी उपरिक्षक मुकेशकुमार सिंहको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष अश्विन लम्सालले सहजिकरण गरेका थिए । कार्यक्रममा यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाका निमिक्त प्रमुख पोषण थापा, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत बिष्णुरञ्जन बराल, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख विरेन्द्रकुमार ठाकुर, नारायणी यातायात व्यबसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, मकवानपुर साझा यातायात प्रालिका सचिव बुद्धकुमार श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif