Saturday, 2nd May, 2026
वि.स.
Thaha-002-1774415222.gif

अनाथ बालबालिकालाई खाद्यन्न र स्टेसनरी सामाग्री सहयोग

अनाथ बालबालिकालाई आश्रय दिइरहेको ‘ग्रामिण जिवन स्तर सुधार मञ्च हाम्रो घर’लाई खाद्यन्न तथा स्टेसनरी सामाग्री प्रदान गरिएको छ । सेना दिवसको अवसरमा नयाँ सबुज गण सुपारेटार ब्यारेकका कर्णेल अमरसिं थापाले आश्रममा आश्रित बालबालिकाको लागि चामल, दाल, तेल, गेडागुडी, चिनी तथा स्टेसनरी कापी सहयोग स्वरुप आश्रमका अध्यक्ष इन्दिरा न्यौपानेलाई हस्तान्तरण गरेका हुन् । 

कार्यक्रममा समाजसेवी सिताराम बर्तौला, ओम साई बाबा कापी उद्योगका संचालक देबेन्द्र बर्तौला, दिपक बर्तौला साथै अन्य सामाजिक व्यक्तिहरुको उपस्थिति रहेको थियो ।  कार्यक्रममा बोल्दै कर्णेल थापाले सेना दिवसका अवसरमा आफुले परोपराकारी काम गर्न पाउँदा आनन्द महशुस गरेको बताए । साथै आगामि दिनमा पनि सहयोगमा जुट्ने प्रतिबद्धत्ता जाहेर गरे ।

आश्रमका अध्यक्ष न्यौपानेले नेपाली सेनाले करिब १ महिनालाई पुग्ने खाद्यान्न सहयोग गरेको प्रति संस्थालाई ठूलो सहयोग पुगेको बताउँदै अन्य संघ संस्थालाई पनि आश्रमको लागि खाना र नाना सहयोग गरिदिनुहुन अनुरोध गरे । आश्रमममा हाल ३१ जना अनाथ बालबालिका आश्रित छन् ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०