Wednesday, 1st July, 2026
वि.स.

९० प्रतिशत शिक्षा प्राविधिक हुनुपर्नेः मुख्य मन्त्री पौडेल

नेपालको शिक्षा प्रणालीमा ९० प्रतिशत शिक्षा प्राविधिक हुनु पर्ने प्रदेश नं ३ का मुख्य मन्त्री डोरमणि पौडेलले बताए । थाहा नगरपालिका वडा नं ७ मा रहेको सुन्दरीदेवी माध्यामिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी पौडेलले यस्तो बताएको हो । जाइकाको ४ करोड ६ लाख बराबरको आर्थिक सहयोगमा निर्माण भएको सुन्दरीदेवी माविको भवन हस्तान्तरण बुधबार उद्घाटन गरिएको हो । कार्यक्रमको बिच सोही विद्यालयका व्यवस्थापक विनायक गोलेको शब्द रचना र सानोबाबु मुक्तानको स्वरमा सजिएको विद्यालयको परिचय गित बिमोचन समेत विमोचन गरिएको थियो ।

 

२०७५ कार्तिक देखि निर्माण सुरु भएको विद्यालयको भवन २०७७ भाद्रमा निर्माण सम्पन्न भएको हो । अपाङ्गमैत्री रुपमा निर्माण भएको ९ कोठे भवन निर्माण कम्पनीले सम्झौता भए भन्दा ६ महिना अगावै निर्माण सम्पन्न गरेको विद्यालयका व्यवस्थापक विनायक गोलेले बताए ।



https://www.thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।