Friday, 21st August, 2026
वि.स.

आफ्नै पार्टीको ‘महिला उमेद्वार’ हराउँदैछन् काँग्रेस र माओवादी

मकवानपुरको थाहा नगरपालिका र हेटौंडा उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनको लागि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच समीकरण बनेको छ । यहि ३१ वैशाखमा हुने स्थानीय तह निर्वाचनको लागि दुई पाटीबीच चुनावी तालमेलसंगै दुवै दलहरु महिला विजय गराउने योजनाबाट पछि हटेको छ । 

चुनावी तालमेल अनुसार प्रमुख पदमा महिलालाई देखावटी मात्र उमेद्वार बनाएर ति पाटीले पुरुष उमेद्वारलाई मात्र निर्वाचित गराउने योजना बनाएका हुन् । चुनावी तालमेल अनुसार माओवादी केन्द्रबाट उपमेयर पदमा उमेद्वारी दर्ता गरेकी शकुन्तला गोपाली र मेयर पदमा उमेद्वार दर्ता गराएकी काँग्रेसकी पवित्रा महत्त विष्ट पराजित हुनेछन् ।  

त्यस्तै हेटौंडामा मेयर पदमा उमेद्वारी दर्ता गराएकी माओवादीकी कुमारी मोक्तान र काँग्रेसको तर्फबाट उपमेयर पदमा उमेद्वारी दर्ता गराएकी लक्ष्मी श्रेष्ठ पनि काँग्रेस माओवादीको समिकरण अनुसार पराजित हुने छन् । अब हेटौंडामा कांग्रेसका आनन्दराम पराजुलीलाई माओवादी केन्द्रले समर्थन गर्नेछ भने माओवादीका उपमेयरका उम्मेदवार बलराम बललाई कांग्रेसले सहयोग गर्नेछ ।

थाहा नगरपालिकामा माओवादीका लबशेर बिष्ट दुबै पार्टीका साझा उम्मेद्वार हुनेछन् भने कांग्रेसका खड्ग बहादुर गोपाली उपमेयरका साझा उम्मेद्वार बन्नेछन् । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif