Friday, 28th August, 2026
वि.स.

सुनको भाउ तोलामा पाँच सयले बढ्यो

gold1-1611125990.jpg

सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ । मंगलबार ९२ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन भाउ बुधबार ९२ हजार ५०० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार तेजावी सुनको सुनको प्रतितोला मूल्य ९२ हजार रुपैयाँ कायम भएको छ । मंगलबार तेजावी सुन ९१ हजार पाँच सयमा कारकोबार भएको थियो ।

यस्तै चाँदीको प्रतितोला मूल्य १५ रुपैयाँले बढेर १२ सय ६०  रुपैयाँ पुगेको छ । मंगलबार १२ सय ४५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif