Wednesday, 1st July, 2026
वि.स.

सिद्धार्थ माविमा वृहत साँस्कृतिक कार्यक्रम 

सरस्वती पुजाको अवसरमा हेटौंडाको सिद्धार्थ माविमा बृहत सांस्कृतिक कायक्रम भएको छ । पुजाको अवसरमा १९ माघ विहान पुजा सहित होम गरिएको थियो भने,दिउँसो सांस्कृतिक कार्यक्रम गरिएको हो ।

सरस्वती देवी  शिक्षाको मात्र नभई कला र  संगितको पनि प्रतिक रुपमा रहेकाले विद्यार्थीको कला प्रष्फुटन गर्ने उद्देश्यले बृहत सांस्कृतिक कार्यक्रम आयोजना  गरेको आयोजक विद्यार्थीहरुले जानकारी दिएका छन् । कार्यक्रममा प्रसाद सहित खाजा पनि खुवाईएको थियो । करिव १ हजार भक्तजनहरुलाई खाजा खुवाईएको शिक्षक सरोज कर्णले जानकारी दिए । 

कार्यक्रम विद्यार्थी पुर्ण मौलिक रुपमा सञ्चालन भएको थियो । कार्यक्रममा ४० भन्दा बढि विद्यार्थीले नाचगानमा भाग लिएका थिए ।