Saturday, 4th July, 2026
वि.स.

सात वटै प्रदेशका कानुन मन्त्रीद्वारा बजेट पुनरावलोकन गर्न सुझाव

पुष्पराज अधिकारी सातै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरुको के.पी ओली नेतृत्वको सरकारले ल्याएको बजेट पुरालोकन गर्न सुझाव दिएका छन् । कानुनमन्त्रीहरुले हेटौडामा भइरहेको राष्ट्रिय भेलामा त्यस्तो सुझाव दिएका हुन् । कानुनमन्त्रीहरुले संघीय सरकारले ल्याएको बजेट र नीति तथा कार्यक्रम संघीताको मर्म अनुरुप नभएको बताएका छन् । बजेटमा स्थानीय तह र केन्द्रीय तह तोकिएपनि प्रदेश सरकारको काम अधिकार नतोकिनु दुखद् भएको बताए । कानुनमन्त्रीहरु बजेट र नीति तथा कार्यक्रम संघीयताको मोडल अनुसार नभएको भन्दै त्यसलाई पुनरावलोकन गर्न आग्रह गरेका छन् । त्यसको लागि ७ वटै प्रदेशका कानुनमन्त्रीहरुबीच सहमति भएको छ । यसरी सहमति गर्नेमा प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की २ का ज्ञानेन्द्र यादव, ३ का शालिकराम जमरकट्टेल र ४ का हरिबहादुर चुमान, प्रदेश ५ का कुलप्रसाद केसी, कर्णाली प्रदेशका नरेश भण्डारी र प्रदेश ७ का प्रकाश शाह छन् । गौरबका आयोजना केन्द्रीय सरकारले र अन्य काम स्थानीय सरकारले हेर्ने गरी बजेट ल्याइनु संघीयताको मोडल विपरित हुने कानुनमकन्त्रीहरुको भनाई छ । बैठकले सातै प्रदेशमा प्रदेश प्रहरी, अनुसन्धान व्युरोको गठनको प्रकृया अघि बढाउने र प्रदेश सरकारका मन्त्री र सांसदको मर्यादाक्रम सच्याउनका लागि संघिय सरकारलाई आग्रह गर्ने सहमति गरेको प्रदेश ३ का आन्तरीक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कटेलले बताउनुभयो ।