nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 15th May, 2024
वि.स.
1000043965-1707579226.jpg

सहकारी महिला सशक्तिकरणको माध्यम 

unnamed-(4)-1485317311.jpg

हेटौँडा/दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित हेटौंडाकै पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुरको सातौं बार्षिकोत्सव कार्यक्रम सुरु भएको छ । पहिलो कार्यक्रम अन्तर्गत मङ्गलबार हेटौंडा–१४ पदमपोखरीमा रहेको महिला मिलन बचत तथा ऋण सहकारी संस्थासँगको समन्वयमा सहकारीमा महिलाको सहभागिता बिषयक अन्तरक्रिया सम्पन्न भएको छ । 


कार्यक्रममा सहभागी सहकारी सदस्य महिलाहरुले चुल्होचौको एवम् घाँसदाउरामा व्यस्त रहन बाध्य रहेका महिलाहरु सहकारीको माध्यमबाट सशक्तिकरण भएको बताउँदै महिलाहरुलाई सहकारीमा आबद्ध हुनका लागि अनुरोध गरेका छन् । सहकारीमा आबद्धता भएकै कारण अहिले विभिन्न संघसंस्थाको नेतृत्व गर्ने तहमा पदमपोखरीका महिलाहरु पुगेको उनीहरुको भनाई थियो । 


केही बर्ष अघिसम्म महिलाको नाममात्रको प्रतिनिधित्व हुने गरेको जानकारी दिंदै सहकारीका पूर्व अध्यक्ष लक्ष्मी थिङले पछिल्लो समय विभिन्न संघसंस्थामा नेतृत्व लिनको लागि महिलाहरु चुनाव लड्न समेत तयार हुने गरेको बताउनुभयो । सहकारीमा महिलाहरु आबद्ध रहेकै कारण पदमपोखरीको गलत पहिचान अहिले सकारात्मक भएको कार्यक्रमका सहभागीको भनाई थियो । कार्यक्रमका प्रमुख अतिथि एवं रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुलीले महिलाले नेतृत्व गरेको सहकारीहरु देशमै उत्कृष्ट भैरहेको भन्दै अब विकास र राजनीतिमा समेत महिलाको नेतृत्व आवश्यक रहेकोमा जोड दिनुभयो । यस्तै ग्रामीण महिला सेवा केन्द्र मकवानपुर अध्यक्ष लक्ष्मी मोक्तानले सहकारीमा निम्न वर्गका महिलाको निम्ति छुट्टै नीति आवश्यक रहेको बताउनुभयो । महिला मिलन सहकारी अध्यक्ष बिष्णुमाया लामाको अध्यक्षतामा भएको कार्यक्रममा रेडियो मकवानपुरका स्टेशन संयोजक राममणि दाहाल, सयपत्री थापा मगर, लक्ष्मी लामा घलान, रमा रिसाल, अनिता सिन्तान, अमिरा स्याङ्तान, सरिता राना मगर, उर्मिला लामा, दिपा लामा, हेमन्ती थापा मगर, सुमित्रा वाइवा, संगीता वाइवालगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम रडियोका गणेशदर्पण अधिकारीले सञ्चालन गर्नु भएको थियो । 
 









Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg