Thursday, 20th August, 2026
वि.स.

सरकार र सवारी चालकबीच आठ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता

Bana-1537530594.jpg

सरकार र सवारी चालकबीच आठ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएका छन् । सरकार र आन्दोलनकारी सवारी चालकहरुबीच आठ बुँदे सहमति भएसँगै सार्वजनिक यातायात सञ्चालनमा आएका हुन् । बिगत ३ दिन दनदेखि यातायात ठप्प पारेर आन्दोलनमा रहेका चालक र सरकाबीच शुक्रबार भएको लामो वार्ता पश्चात सरकार देवानी संहिता संसोधन गर्न सहमत भएको हो ।

आन्दोलनमा रहेको नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिसँग सरकारले आठ बूँदे सहमति गरेको छ । शुक्रबार सिंहदरबारमा भएको वार्तामा सहमति भएसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रम शुक्रबारदेखि फिर्ता भएका छन् भने सरकारले आन्दोलनका क्रममा थुनामा रहेका सबै सवारी चालकलाई छाड्ने पनि बताएको छ ।

विहिबार राति वीरगंजबाट आन्दोलनको नेतृत्व गरिरहेको स्वतन्त्र सवारी चालक संघर्ष समितिका संयोजक वसन्त शर्मा, सहसंयोजक अर्जुन अधिकारीसहितको टोलीसँग सरकारले देवानी संहिता गर्ने सहमति जनाएको हो । वार्तामा प्रधानमन्त्री कार्यालयका सचिव अधिकारी, गृह मन्त्रालयका सचिव प्रेमकुमार राई, भौतिक,पूर्वाधार मन्त्रालयका सचिव मधुसुदन अधिकारी र कानुन सचिव राजीव गौतम सहभागी थिए ।

हेर्नुहोस सहमती पत्र



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif