Wednesday, 26th August, 2026
वि.स.

सरकारी सर्भर ‘डाउन’, व्यक्तिगत घटना दर्ता पनि राेकियो

देशभरका सरकारी कार्यालयका वेबसाइट खुल्न छाडेका छन् । सरकारी सिस्टम gov.np डाउन भएपछि देशभरका सवारी वेबसाइट नखुलेका हुन् ।
सरकारी सर्भर डाउन भएपछि देशरभरका सरकारी सेवा प्रभावित भएका छन् । यसले गर्दा सेवाग्राही प्रभावित भएका छन् ।

हाल सरकारले विभिन्न सेवालाई अनलाइनमा आधारित बनाउँदै लगेको छ । सर्भर डाउन भएपछि देशभरका विभिन्न सरकारी कार्यालयमा अनलाइनबाट हुने व्यक्तिगत द्दटना दर्तालगायतका काम बन्द भएको हो । त्यसैगरी गरी मालपोत, यातायात, राहदानी लगायतका विभागका सेवाग्राही सर्भर डाउन भएपछि समस्यामा परेका छन् ।

एकीकृत सर्भरमा आवद्ध भएका सरकारी कार्यालयमा अनलाइनमा आधारत कामकाज ठप्प भएको छ ।

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif