Saturday, 22nd August, 2026
वि.स.

संघ र प्रदेशका खरदार-सुब्बाका लागि ३५ दिने सेवाकालीन तालिमको अवसर

संघ र प्रदेशमा कार्यरत खरदार-सुब्बाहरूलाई ३५ दिने सेवाकालीन तालिम दिइने भएको छ ।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले निजामती सेवाका राजपत्र अनङ्कित प्रथम र द्वितीय श्रेणीका कर्मचारी तथा प्रदेश र स्थानीय तहमा कार्यरत चोथौँ र पाँचौँ तहका कर्मचारीहरुको क्षमता विकास गर्ने उद्देश्यले यही असोज २५ गतेबाट ३५ दिने सेवाकालीन प्रशिक्षण दिन लागेको हो । प्रशिक्षण अनलाइन विधिमार्फत हुनेछ ।

आमने सामने विधिको प्रयोग गरी सञ्चालन गर्न कोभिड-१९ का कारण अनुकूल अवस्था नभएकोले अनलाइन विधि मार्फत प्रशिक्षण हुने प्रतिष्ठानले जनाएको छ । इच्छुक कर्मचारीहरूले प्रशिक्षण मनोनयन फाराम भरी हाल बहाल रहेको पदको नियुक्ति-पदस्थापन पत्रको फोटोकपी १९ गते बेलुकी ५ बजेसम्म इमेलमा पठाउनु पर्नेछ ।

प्रशिक्षणमा भाग लिन प्रशिक्षण अवधिभर ल्यापटप, कम्प्युटर र इन्टरनेटको सुविधा सम्बन्धित कार्यालय वा सहभागी स्वयंले नै अनिवार्य रूपमा व्यवस्था गर्नुपर्ने पनि प्रतिष्ठानले जनाएको छ । हाल बहाल रहेको पदमा न्यूनतम तीन वर्ष सेवा अवधि पुरा भएको सहभागीले मात्रै प्रशिक्षण मनोनयन फाराम भर्नुपर्नेछ ।

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif