Thursday, 27th August, 2026
वि.स.

श्रीमती हत्या गर्ने थाहानगरका थिङलाई १० वर्ष कैद

श्रीमतीको हत्या गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले थाहानगरका एकजनालाई १० वर्ष कैद फैसला गरेको छ । 

जिल्ला न्यायाधीश खडानन्द तिवारीको इजलाशले थाहा नगरपालिका(५ नलिवनका ५२ वर्षीय गणेश थिङलाई ४७ वर्षीय श्रीमती साहिलीमाया बल थिङको हत्या गरेको ठहर गर्दै उक्त फैसला गरेको हो ।   

२०७५ असार २८ गते राति छिमेकीको भोज खाएर आएका थिङले सुतिरहेकी श्रीमतीलाई ओछ्यानमै काठको गजबारले हिर्काएर हत्या गरेका थिए ।  थिङका छोराछोरी दुवैले सुरुमा बावुले मादक पदार्थ सेवन गरेर आमाको हत्या गरेको प्रहरीमा बयान दिएका थिए । तर अदालतमा बावुले आमाको हत्या नगरेको बयान दिएका थिए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif