Sunday, 16th August, 2026
वि.स.

शिखर सहकारीद्वारा थाहाका उत्कृष्ट व्यक्तित्व सम्मान

IMG_20240106_195557-1704550606.jpg

थाहा नगरपालिकाको शिखर बचत तथा ऋण सहकारी संस्थाले नगर भित्रका सामाजिक व्यक्तित्वहरुलाई सम्मान गरेको छ।

संस्थाले आफ्नो १३ औं वार्षिक साधारणसभाको अवसर पारेर नगरभित्रका विभिन्न  क्षेत्रमा योगदान पुर्याउने हरुलाई सम्मानित गरेको हो।

सम्मानित हुनेहरुमा डाक्टरहरु गगन कार्की,पवन कार्की ,सुजता केसी र रिकेश कार्कीलाई आफ्नै नगरपालिकामा कार्यक्षेत्र बनाइ स्वास्थ्य क्षेत्रमा दिएको योगदानको कदर गर्दै सम्मानित गरिएको थियो भने उत्कृष्ट समाजसेवी यादव जंग रायमाझीलाई सामाजिक क्षेत्रमा योगदान दिएको भन्दै सम्मानित गरिएकाे थियाे ।

त्यसैगरी साहित्यमा उत्कृष्ट याेगदान गरेकाे भन्दै बिर्खे अन्जान र पत्रकारीताको क्षेत्रमा उत्कृष्ट योगदानको कदर गर्दै पत्रकार शम्भु  अधिकारीलाई सम्मानित गरिएकाे थियाे ।

साेही अवसरमा पालुङ जेसिज बर्ष २०२४ का अध्यक्ष निरज रायमाझी र संस्था तर्फ च्वाइस नेपाल र मेन्टर इन्टरनेशनललाई सम्मान गरिएको थियो।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०