Saturday, 16th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

विद्यार्थीलाई पढाए कारबाही गर्ने प्रशासनको चेतावनी

lamjung-1601289530.jpg

 लमजुङमा कोरोना महामारीकै बीच केही सामुदायिक तथा संस्थागत विद्यालय खुल्न थालेपछि प्रशासनले विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका विपरित सामुदायिक तथा संस्थागत विद्यालयहरुले विद्यार्थीहरुलाई भौतिक रूपमा उपस्थित गराई पठनपाठन सुरू गरेपछि जिल्ला प्रशासन कार्यालय लमजुङले विद्यालय सञ्चालनमा रोक लगाएको हो ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले आइतबार एक सूचना निकालेर अर्को सूचना नआउँदासम्म शैक्षिक संस्था सञ्चालन गर्न निर्देशन दिएका हुन् ।

विद्यालय सञ्चालन गरी संक्रमण फैलिन गएमा त्यसको जिम्मेवारी सम्बन्धित विद्यालय नै हुने र उनीहरुलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ ।

बेशीसहर, सुन्दरबजार, मध्यनेपाल नगरपालिकालगायतका क्षेत्रमा समुदायस्तरमा संक्रमण देखिएको अवस्थामा विभिन्न पालिकामा विद्यालय खुलेपछि प्रशासनले संक्रमणको जोखिम कायमै रहेका कारण विद्यालय सञ्चालन नगर्न भनेको हो ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०