Thursday, 3rd September, 2026
वि.स.

वामगठबन्धनद्वारा प्रदेश राजधानी हेटौंडा बनाउन माग

संयुक्त बाम गठबन्धन निर्वाचन परिचालन समिति, मकवानपुरले ३ नम्बर प्रदेशको राजधानी हेटौंडा बनाउनुपर्ने माग गरेको छ । 

जिल्लाका जनताको भावना अनुरुप राजनैतिक दल, सामाजीक संघ संस्था र स्थानिय तहको सरकारका तर्फबाट हेटौंडालाई प्रदेश नं. ३ को राजधानी बनाउनुपर्ने समितिका संयोजक मुनु सिग्देल र सहसंयोजक बलराम बलद्वारा जारी बिज्ञप्तीमा जनाईको छ । राजधानी बनाउन सरोकार समिति समेत गठनगरी माग गरिदैँ आएको भन्दै समितिले तत्कालीन सरकारले हेटौंडालाई प्रदेशको अस्थायी राजधानी तोकिसकेको भनि निर्वाचन प्रचारवाजीको विषय बनाएकोमा बिरोध समेत गरेको छ ।  ‘ तत्काल राजधानी बनाउने दवावलाई भ्रमित पार्ने काम गरेको हुँदा उक्त गलत प्रचारवाजीको घोर विरोध गर्दै, वर्तमान सरकारले प्रदेशको अस्थायी राजधानी तोक्ने तयारी गर्दै गरेको हुँदा हेटौंडालाई प्रदेश नं. ३ को राजधानी बनाउनको लागी तुरुन्त निर्णय गर्न जोडदार माग गर्दछ’  बिज्ञप्तीमा भनीएको छ । 

त्यसैगरी प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन २०७४ मा बाम गठबन्धनका उम्मेद्वारहरुलाई प्रत्यक्ष तर्फ तथा समानुपातिक तर्फ मतदान गर्नुहुने सम्पूर्ण मकवानपुरबासी, गठबन्धनका सम्पूर्ण सदस्य तथा पार्टी कमिटीहरु, निर्वाचन आयोग, कर्मचारी, सुरक्षा निकाय, राष्ट्रिय र अन्तराष्ट्रिय पर्यवेक्षक, सञ्चारकर्मीलगायतलाई धन्यवाद तथा आभार प्रकट गरेको छ । बिज्ञप्तीमा निर्वाचनमा अत्याधिक मतले विजय गराउनु भएकोमा धन्यवादका दिंदै जनताको विश्वासलाई भरपुर रुपमा देश र जनताको पक्षमा लगाउने प्रतिबद्धता ब्यक्त गरीएको छ । 


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif