Sunday, 16th August, 2026
वि.स.

वडा सिमाङ्कन नमिलेको भन्दै थाहानगर तसरबासीको असन्तुष्टी

वडा सिमाङ्कनमा साविकको गाविस टुक्र्याई अर्को गाविसमा गाभेर पुर्नसंरचना गर्न प्रस्ताव गरेको विरोधमा मकवानपुर थाहा नगरपालिका बज्रवाराही तसरका बासिन्दाले विरोध गरेका छन् । उनीहरुले थाहा नगरपालिकाको वडा नम्बर ११ तसरलाई थाहाकै वडा नम्बर १० संग गाभेर वडा नम्बर ५ बनाउन गरिएको सिमाङ्कन प्रस्तावको विरोध गरेका हुन् । थाहा नगरपालिकाको वडा नम्बर ११ साविक बज्रवाराही गाविस र १० नम्बर वडा साविक दामन गाविसमा पर्दछ । तसरबासीहरुले साविक बज्रवाराहीको भने जुनसुकै वडामा गाभ्दा पनि आफूहरु मन्जुर हुने बताएकाछन् । 

तसरका बासिन्दाले स्थानीय ज्येष्ठ नागरिक जुद्धबहादुर वाइवाको अध्यक्षतामा वडा भेला गरी स्थानीय तह पुर्नसंरचना जिल्ला प्राविधिक समितिले गरेको वडा सिमाङ्कनको प्रस्तावको विरोध गर्दै तत्काल वडाबासीको माग सम्बोधन गर्न २७ कात्तिकमा थाहा नगरपालिकामा ज्ञापनपत्र समेत बुझाएका छन् । ज्ञापनपत्र बुझाउँदै ११ नम्बर वडा नागरिक मञ्चकी संयोजक चमेलीhttp://bikaskhabar.com/story/%E0%A4%B5%E0%A4%A1%E0%A4%BE-%E0%A4%9F%E0%A5%81%E0%A4%95%E0%A5%8D%E0%A4%B0%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%8F%E0%A4%95%E0%A5%8B-%E0%A4%AD%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A5%88-%E0%A4%A5%E0%A4%BE%E0%A4%B9%E0%A4%BE%E0%A4%A8%E0%A4%97%E0%A4%B0-%E0%A4%A4%E0%A4%B8 वाइवाले तत्काल छलफल गर्ने वातावरण बनाई समस्या समाधान गरिदिन नगरपालिकालाई आग्रह गरिन् । स्थानीयहरुले नगरस्थित राजनीतिक दल, नगरपालिका, वडा नागरिकमञ्च र तसरबासीको संयूक्त छलफलबाट समस्या समाधान गरिदिन आग्रह गरेका छन् । संयोजक वाइवाले भनिन्–‘नगरपालिकामा नेताहरु बसी निर्णयमात्र सुनाउन हामीलाई बोलाइन्छ भने हामीलाई मान्य हुँदैन ।’ उनले चुनौंति दिदै थपिन–‘यदि हाम्रो उपस्थिती विना कुनै निष्कर्ष निकालिन्छ भने त्यसले आन्दोलनको अर्को रुपको सृजना हुन्छ, थप आन्दोलनको कार्यक्रम सार्वजनिक   गर्छौ ।’ 

थाहा नगरपालिकामा आग्रा, चित्लाङ र टिष्टुङ गाविसलाई गाभेर ११ वटा वडा प्रस्ताव गरिएको छ । साविक थाहा नगरपालिकालाई ६, आग्रा २, टिष्टुङ २ र चित्लाङ गाविसलाई नै एउटै वडा बनाउन प्रस्ताव भएको हो । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०