Sunday, 16th August, 2026
वि.स.

लैंगिक हिँसासम्बन्धी तालिम शुरु

लैगिकतामा आधारित हिँसासम्बन्धी तीन दिने तालिम कार्तिक १० गते थाहा नगरमा शुरु भएको  छ । टियर फण्डको सहयोगमा बाल कल्याण समाज मकवानपुरले तालिमको आयोजना गरेको हो ।  
तालिममा टियर फण्ड र बाल कल्याण समाजद्वारा संचालित परियाजनाका सामाजिक परिचालकहरु सहभागी छन् । लैंगिकतामा आधारित हिँसाको अतिरिक्त मानव बेचविखन र सुरक्षित बसाइसराइसम्बन्धी विषयवस्तुहरु पनि समावेश गरिएको बाल कल्याण समाजका परियोजना संयोजक कुमार नेगीले बताए । 
टियर फण्डका संरक्षण संयोजक उर्मिला उपाध्याय, क्षेत्र संयोजक मुकुन्द केसी, बाल कल्याण समाजका जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडा र महिला बालबालिका कार्यालय मकवानपुरका दुर्गा घिमिरेले सहजकर्ता रहेका छन् । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०