Wednesday, 2nd September, 2026
वि.स.

राष्ट्रियसभा सदस्य बिडारीले उठाए कुलेखानी संरक्षणको सवाल

उत्तरी मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा रहेको नेपालकै सबैभन्दा ठूलो मानव निर्मित ताल कुलेखानी खतरायुक्त भएको भन्दै त्यसको संरक्षणका लागि राष्ट्रिय सभामा आवाज उठेको छ ।

राष्ट्रिय सभा सदस्य तथा संघीय संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले राष्ट्रिय सभामा बुधबार बोल्दै कुलेखानी खतरायुक्त भएको भन्दै त्यसको संरक्षणका लागि सरकारसंग आग्रह गरेका हुन् ।

बिडारीले तालमा माटो भरिँदै गएकोले ड्याम खतरायुक्त बन्दै गएको भन्दै यसको संरक्षणमा ध्यान दिन सरकारलाई ध्यानाकर्षण गराएका हुन् । उनले भने, ‘भोली त्यो ड्याम तलमाथी भयो भने सर्लाही र रौतहटसम्म बाढी जानसक्छ र ठुलो धनजनको क्षति हुनसक्छ, त्यसैले अहिल्यै सचेत बन्नु आवश्यक छ ।’

उनले २०७२ को भूकम्प पछि चर्किएको ड्याम फुट्दा तलका क्षेत्रमा ठूलो क्षति हुने भएकाले बेलैमा सचेत हुन सरकारको ध्यानाकर्षण गराए ।

बिडारीले बज्रबाराही, चित्लाङ, मार्खु भञ्ज्याङ, फाखेल, दामन, पालुङ, टिस्टुङ लगायतको क्षेत्र जलाधार क्षेत्र भएपनि यहाँको रुख विरुवा काटिएको र त्यहाँ भइरहेका निर्माण कार्यहरु, उत्खननका कार्यले तालको जलाधार क्षेत्र सुक्दै गएको बताउँदैे त्यसतर्फ संरक्षण विशेष पहल गर्नुपर्ने माग गरे ।

साथै उनले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रमाण नष्ट गर्ने प्रहरीमाथि फौजदारी अभियोगमा किन कारवाही गरिएन भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif