Thursday, 27th August, 2026
वि.स.

यातायात कार्यालय अध्ययन गर्न कार्यदल

३ नम्बर प्रदेश सरकारले प्रदेशका यातायात कार्यालयहरुलाई व्यबस्थित बनाउने सम्बन्धमा अध्ययन गर्न कार्यदल गठन गरिएको छ । 

मुख्यमन्त्री स्तरीय निर्णयअनुसार श्रीचन्द्र शर्माको संयोजकत्वमा गठित १३ सदस्यीय समितिले कार्यलयहरुलाई व्यबस्थित मर्यादित एबम् उपभोक्ताहरुलाई दिईने सेवा सुविधालाई प्रभावकारी बनाई प्रदेश जनताले प्राप्त गर्ने सेवा सुविधाको अध्ययन गरी प्रतिवेदन पेश गर्न कार्यदल गठन गरिएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

कार्यदललाई प्रदेश यातायात व्यबस्था ऐन २०७५ को कार्यान्वयनको सम्बन्धमा नियमावलीमा समेट्नुपर्ने कुराहरुको सुझाव दिने, प्रदेश यातायात सेवालाई व्यवस्थित, मर्यादित बनाउन र उपभोक्ताहरुलाई दिने सुविधालाई प्रभावकारी बनाउन प्रदेश सकारले गर्नुपर्ने कार्यको सूची तयार गर्ने कार्यादेश छ । कार्यदललाई १ महिना १५ दिन भित्र समयसिमा तोकिएको छ । कार्यदलको सदस्यहरुमा यातायात व्यबसायी माधब अधिकारी, ट्रेड युनियनका तर्फबाट अर्जुन अर्याल, सोम तामाङ, धर्म भण्डारी, ट्रक यातायात व्यवसायी महासंघका योगेन्द्रनाथ कर्मचार्य, नारायणी यातायात व्यबसायी संघका हिरालाल श्रेष्ठ, नेपाल लोकतान्त्रीक यातायात व्यबसायी संगठनका डेकनाथ गौतम, तराई यातायात व्यबसायी संघका ओम कार्की, नारायणी यातायात कम्पनी प्रालीका गोकर्ण पराजुली, अधिवक्ता मुकुन्द अधिकारी र भौतिक पूर्वाधार विकास मन्त्रालयका सातौं तहका अधिकृतलाई सदस्य सचिब तोकिएको छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif