Sunday, 23rd August, 2026
वि.स.

मौसमी चरा: अत्यधिक जाडो छल्न नेपाल आइपुगेका चराहरू

नेपालमा विश्वभरका विभिन्न स्थानबाट मौसमी चराहरू आउने गरेका छन्।

सुनजुरे हाँस

तस्बिरको क्याप्शन,

नेपालमा जाडो र गर्मी याममा चीन, तिब्बत, श्रीलङ्का, इण्डोनेसिया, भारत र साइबेरीया लगायतका देशबाट चराहरू आउने गरेका छन्। सुनजुरे हाँस; नेपालमा ८ सय ८७ प्रजातिको चरा रहेका बताइन्छ। तस्बिर: राधा श्रेष्ठ

चखेवा

तस्बिरको क्याप्शन,

चितवनमा देखिएको चखेवा चखेवीको जोडी। तस्बिर: राधा श्रेष्ठ

गगाचिलथुडे

तस्बिरको क्याप्शन,

गङुगाचिलथुडे फ्यालफ्याले: चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको फोटो खिच्न मन पराउने लजित कृष्ण श्रेष्ठले ‍चितवनमा धेरै वर्षदेखि देखिन छाडेको चराको फोटो आफ्नो क्यामरामा कैद गर्न सफल भएका छन्। उनले गङ्गाचिलथुडे फ्यालफ्याले र खर बट्टाई चराको फोटो खिचेका छन्। फ्यालफ्याले नेपालमा ३७ वर्षपछि देखिएको बताइएको छ। लजित कृष्ण श्रेष्ठले चितवनको नदी तटीय क्षेत्र मैघौली सिसुवाको धान खेतमा उक्त चरा फेला पारेको थिए। यो चरा समुद्र नजिक बसोबास गर्दछ। तस्बिर: लजित कृष्ण श्रेष्ठ

kingquail

तस्बिरको क्याप्शन,

दक्षिणपूर्वी एशियामा किङक्वेलका दशवटा जति प्रजाति पाइने बताइन्छ। नेपालमा चीनतर्फबाट जाडो छल्न आउने यो चरा अहिलेसम्म खतरा समूहमा परेको छैन।

खरबट्टाइ

तस्बिरको क्याप्शन,

खर बट्टाई १९ वर्षपछि देखिएको बर्ड एजुकेसन नेपालको सदस्य समेत रहेका लजित कृष्ण श्रेष्ठ बताउँछन्। अति दुर्लभ मानिने खर बट्टाइ चरा सौरहाको कुमरोज मध्यवर्ति सामुदायिक बनको घासे मैदानमा फेला परेको थियो। यो चरा बर्षायाममा देखिन्छ। बासस्थानको अभावले यो चरा देखिन छाडेको बताइन्छ। तस्बिर: लजित कृष्ण श्रेष्ठ

स्काइलार्क

तस्बिरको क्याप्शन,

चितवनको मेघौली स्थित एक पर्यटकीय होटलको बगैँचा नेपालमा नै नयाँ प्रजातिको चरा फेला परेको छ। चितवनको मेघौलीस्थित एक होटलको बगैँचामा देखिएको स्ट्रोइलाटेड बन्टिङ चरा। सन् २०१८ मा उक्त चराको तस्बिर पहिलोपटक होटलका कर्मचारी करण गिरीले खिचेका थिए। नेपालको चराहरूको विवरण राख्ने पक्षीविद् क्यारोल ईन्सकिप र स्वदेशी विज्ञहरूलाई उक्त चराको फोटो देखाएपछि उक्त चरा नेपालको लागि नयाँ भएको पक्का गरिएको हो।

बन टिकिकाइ

तस्बिर स्रोत,BBC

तस्बिरको क्याप्शन,

बन टिकिकाइ चरा चितवनको सौराहामा देखिएको छ। यो यसअघि सन् २०१६ मा देखिएको पक्षी विज्ञहरूले बताएका छन्। यो दुर्लभ चराको सूचीमा पर्ने विज्ञहरू बताउँछन्। फोटो: बेद खडका

सबै तस्बिरको सर्वाधिकार उल्लेख गरेअनुसार सुरक्षित (चितवनबाट ईश्वर जोशीको संयोजन)

-बिबिसीबाट



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif