Wednesday, 2nd September, 2026
वि.स.

मुख्यमन्त्री पौडेलले भने : निवास मर्मतमा एनजिओको सहयोग छैन

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले संघीय राजधानीको भैँसेपाटीस्थित सरकारी निवास मर्मतमा एनजिओको सहयोग नलिएको बताएका छन् । 

२८ कार्तिकमा अन्नपूर्ण पोस्ट्मा प्रकाशित भएको ‘मुख्यमन्त्रीको शंकास्पद निवास’ शीर्षकमा प्रकाशित समाचारबारे धारणा सार्वजनिक गर्न निकालिएको प्रेस विज्ञप्तिमा पौडेलले यस्तो भनेका हुन् । 

भैँसेपाटीस्थित शहरी विकास मन्त्रालयको स्वामित्वमा रहेको भवन मुख्यमन्त्रीको सरकारी आवास भवनको रुपमा प्रयोग भएको जनाउँदै तर त्यसको मर्मतमा सरकारी रकम नै खर्च भएको जानकारी पौडेलका निजी सचिव बद्रीबहादुर पाठकले दिएका छन् । 

‘उक्त भवनको मर्मत, रंगरोगन, सजावटमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोग लिएको कुरा  आधारहीन र तथ्यमा आधारित नरहेको जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘उक्त भवनको मर्मतसहितका कामका लागि काठमाडौँ उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय ललितपुरमार्फत खर्च भएको हो । आवासका लागि फर्निचरसहितका सामाग्री मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट खर्च भएको हो ।'



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif