Thursday, 20th August, 2026
वि.स.

मालपोतका काफ्लेलाई एक लाख घुस लिँदै गर्दा पक्राउ

rajaswa-1513246721.jpg

जिल्ला मालपोत कार्यालयको रजिस्ट्रेसन फाँटमा कार्यरत नायब सुब्बा देवराज काफ्लेलाई रु एक लाख घुस लिँदै गर्दा २८ मंसिर दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । मालपोत कार्यालयको जमिनमुनिको कोठामा घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको हो ।

सूर्यविनायक नगरपालिका नङ्खेलको जग्गा पास गर्न डोर खटाउने क्रममा आवश्यक दस्तुर रु १५ हजार बुझाइसकेपछि पनि थप रु एक लाख घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले पक्राउ गरेको हो । टोलीले थप अनुसन्धान जारी राखेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif