Sunday, 30th August, 2026
वि.स.

मन्त्रिपरिषदले पठाएका दुईवटा अध्यादेश राष्ट्रपति भण्डारीद्वारा जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदले सोमबार पारित गरेर पठाएका दुई वटा अध्यादेश जारी गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् (काम, कर्तब्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ ल्याउने निर्णय गरेको थियो ।

राष्ट्रपति कार्यालयका सह प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, "आज मिति २०७७ साल बैशाख ८ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमका अध्यादेशहरु जारी गर्नु भएको छ ।"

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०