Wednesday, 26th August, 2026
वि.स.

मकवानपुर राक्सिराङमा चट्याङ लागेर गर्भवतीसहित दुईको घाइते

राक्सिराङ गाउँपालिका वडा नं ८ मा पर्ने माइसिराङ गाउँमा केहीबेर अघि परेको चट्याङ लागी गर्भवती महिलासहित पाँच जना घाइते भएको खबर छ ।

 

 

चट्याङ लागेर गर्भवती श्रीमाया प्रजा र दिलकुमारी प्रजा गम्भीर घाइते भएका हुन् । दिलकुमारीको मुखबाट रक्तश्राव भइरहेको छ भने श्रीमाया पनि होसमा आएकी छैनन् ।

स्थानीय समाजसेवी देवकुमार प्रजाले दिएको जानकारी अनुसार साँझ ६ः३० बजे परेको चट्याङ लागी अन्जना प्रजा, विन्दुमाया प्रजा र शितल प्रजा घाइते भएका छन् । उनीहरु सबैलाई मनहरीस्थित स्वास्थ्य संस्थाहरुमा ल्याउने तयारी भइरहेको देवकुमारले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif