Friday, 21st August, 2026
वि.स.

मकवानपुर थाहानगरका थापा काठमाडौँबाट पक्राउ

सेक्युरिटी गार्डलाई कर्तव्य गरी मारेको अभियोगमा राजधानी स्वीटमा कार्यरत मकवानपुर थाहा नगरपालिका–९ का राजन थापा क्षेत्रीलाई प्रहरीले सोमवार काठमाडौँको बाङगेमुढाबाट पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका–२५ मछिन्द्र वहालमा इस्टुवेट सेक्युरीटी कम्पनीमा गार्डको काम गर्ने दोलखा शैलुङ गाउँपालिका–४ का तुलवहादुर तामाङ आइतबार बिहान घाइते अवस्थामा फेला परेको र उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर वीर अस्पतालतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको थियो । घटनाबारे अनुसन्धान गर्दै जाँदा हत्यामा राजनको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मछिन्द्रबहाल चोकमा सेक्युरिटी गार्डको रुपमा काम गर्दै जाने क्रममा ड्यूटीको विषयलाई लिएर दुवैजनाबीच वादविवाद हुँदै आएकोमा आइतबार राति राजनले तुलबहादुरलाई आफू ड्यूटी गर्न आउन नसक्ने भनी जानकारी गराउन जाँदा झगडा भई रिसइवीको कारण इँटाले टाउकोमा पटक–पटक प्रहार गरी भागेको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।रासस



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif