Wednesday, 26th August, 2026
वि.स.

मकवानपुरमा पछिल्लो २४ घण्टामा थप १ सय ८५ जनाले कोरोना जिते

covide-1-1622627068.jpg

मकवानपुरमा पछिल्लो २४ घण्टामा थप १ सय ८५ जना संक्रमितले कोरोना जितेका छन् । बुधबार कोरोना जित्नेमा सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिका भित्रका १ सय ३८ जना रहेका छन् । यसैगरि थाहा नगरपालिका भित्रका १६ जना,मनहरी गाउापालिका भित्रका १२ जना,मकवानपुरगढी र भीमफेदी गाउँपालिका भित्रका ७ ७ जना,बकैया र बागमती गाउँपालिका भित्रका २ २ जना र राक्सिराङ गाउँपालिका भित्रका १ जना रहेका छन् । यो संगै मकवानपुरमा कोरोना जित्नेको संख्या ६ हजार ६ सय ४५ पुगेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

मकवानपुरमा आजको दिनमा २ हजार २ सय २ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा २ हजार ९३ जना घरमा र १ सय ९ जना आइसोलेसनमा उपचारत रहेका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif