Thursday, 20th August, 2026
वि.स.

कलंकीमा मोटरसाइकल दुर्घटना,एकको मृत्यु

death-body-1619681677.jpg

काठमाडौंको कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बा ६१ प १५३६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा कीर्तिपुर नगरपालिका–१० बाघभैरवका ५० वर्षीय राजमान महर्जनको मृत्यु भएको हो ।

बुधबार राति भएको दुर्घटनामा गम्भीर घाइते महर्जनको उपचारका क्रममा नेपाल नेशनल अस्पताल कलंकीमा बिहीबार बिहान मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दुर्घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif