Wednesday, 26th August, 2026
वि.स.

मकवानपुरमा थप १ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि

corona-photo-1622626683.jpg

मकवानपुरमा थप १ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३ सय ४१ जनामा गरिएको पिसिआर र एन्टीजेन परीक्षणमा थप १ सय ५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

पुष्टि हुनेमा सबैभन्दा बढी ८५ जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । यसैगरि पुष्टि हुनेहरुमा २१ जना थाहा नगरपालिका भित्रका,२० जना राक्सिराङा गाउँपालिका भित्रका,१६ जना मनहरी गाउँपालिका भित्रका,७ जना मकवानपुरगढी गाउँपालिका भित्रका,६ जना भीमफेदी गाउँपालिका भित्रका,२ जना कैलाश गाउँपालिका भित्रका तथा बागमती र बकैया गाउँपालिका भित्रका एकएक जना रहेका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif