Wednesday, 26th August, 2026
वि.स.

मकवानपुरमा काेराेना महामारी सूचना तथा सहजीकरण केन्द्र स्थापना

IMG_20210602_134449-1622620821.jpg

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषद् अन्तर्गतको जिल्ला युवा समिति मकवानपुरले कोरोना रोकथाम, नियन्त्रण र उपचार तथा अत्यावश्यक सामग्रीको उपलब्धताबारे समन्वय एवं सहजीकरण गर्न  जिल्ला स्तरीय कोरोना महामारी सूचना तथा सहजीकरण केन्द्र स्थापना गरेको छ ।

जिल्ला युवा समिती मकवानपुरका अध्यक्ष शिबहरि दाहालको संयोजकत्वमा ९ सदस्यीय कोरोना महामारी सूचना तथा सहजीकरण केन्द्र स्थापना गरेको हो ।

राष्ट्रिय युवा परिषदले कोरोना महामारीविरुद्ध स्वयंसेवकीय भूमिका निर्वाह गर्न परिषद्का कार्यकारी उपाध्यक्ष ढुंगेलको संयोजकत्वमा केन्द्रिय स्तरको कोरोना महामारी सूचना तथा सहजीकरण केन्द्र स्थापना गरिसकेको छ । परिषदकै निर्णय अनुसार जिल्ला स्तरमा पनि केन्द्र स्थापना गरिएको जिल्ला युवा समितिका अध्यक्ष दाहालले जानकारी दिए ।अध्यक्ष दाहालले  राज्यले महामारी नियन्त्रणका लागि गरिरहेको प्रयासमा जोखिम मोलेरै महामारीविरुद्ध मैदानमा होमिएको जानकारी दिए । समितिले यस अघि पनि निरन्तर रुपमा कोभिड नियन्त्रणका लागि हेटौंडा अस्पताल, सरोकारवाला निकाय र संक्रमितको लागी आबस्यक समन्वय र सहजीकरण गरिरहेको र केन्द्रको स्थापना पछि यो कार्य अझै प्रभावकारी बन्ने अध्यक्ष दाहालले बताए ।

केन्द्रमा नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखा, गैसस महासंघ मकवानपुर, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन ) , रिटर्नी मार्ग्रेन्ट नेपाल, सिबिन तथा युवा क्षेत्रमा काम गर्ने संस्थाको प्रतिनिधित्व रहेको छ ।
 
कोरोना महामारी सुचना तथा सहजीकरण केन्द्रले गर्ने काम :
– कोभिड बिरामीहरुको समस्या पहिचान गरि समाधानमा
सहजीकरणको भुमिका निर्वाह गर्ने ।
- स्थानीय सरकार, जिल्ला प्रशासन, हस्पिटल, विभिन्न संघ संस्था, तथा युवा क्लबहरु सङ्ग आबस्यक समन्वय गरि श्रोत समन्वय तथा परिचालनको प्रभाबकारी भुमिका निर्वाह गर्ने ।
– महामारी नियन्त्रणका लागि सुचना सचेतना सामग्री निर्माण र , वितरणको कार्य गर्ने ।
– औषधि तथा दैनिक अत्यावश्यकीय सामग्रीको खरिद तथा वितरणमा कालोबजारी वा भ्रष्टचार भएको पाइएमा सप्रमाण सरकारी नियामक निकायमा जानकारी गराउने ।
– कोभिड र अन्य स्वास्थ्य समस्यामा परेका बालबालिका,
अपांगता भएका, ज्येष्ठ नागरिक, सुत्केरी तथा गर्भवतीको समस्याको समाधान गर्नलाइ बिशेष प्राथमिकतामाव्राखेर सहजीकरण गर्ने ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif