Thursday, 3rd September, 2026
वि.स.

मकवानपुरमा एउटी महिला लडाकूको ह्याट्रिक

Kumari-1512990482.jpg

१६ वर्षको उमेरमा सशस्त्र युद्वमा होमिएकी महिला लडाकु कुमारी मोक्तानले तेस्रो पटक संसदको यात्रा तय गरेकी छिन् । वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार मोक्तान प्रदेससभा मकवानपुर २ ‘क’ मा लोकतान्त्रिक गठबन्धनका यतिराज सापकोटालाई मतले हराउँदै प्रदेसभा सदस्यमा निर्वाचित भएकी हुन् ।

तत्कालिन नेकपा माओवादी शान्ति सम्झौतामार्फत संसदीय राजनीतिमा आएपछि उनी २०६३ सालमा संसद सदस्य मनोनित भएकी थिईन् । २०६४ सालमा मकवानपुर ४ बाट सांसद निर्वाचित मोक्तान नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य तथा मकवानपुर इन्चार्ज हुन् ।

जितपछि प्रतिक्रिया दिँदै मोक्तानले यो जित आफ्नो नभई २ नम्बरबासीको भएको बताइन् । ‘मेरो पाँच वर्ष यसै क्षेत्रको विकास र समृद्धिमा खर्च गर्नेछु’, मोक्तानले भनिन्, ‘जनतासँग गरेको बाचा पुरा गर्नेछु ।’ तत्कालिन नेकपा माओवादीले २०५२ सालमा सशस्त्र युद्व सुरु गरे लगत्तै उनी विद्यालय शिक्षा छाडेर युद्वमा होमिएकी थिइन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif